शान्ति सम्झौताको मुद्दामा माओवादी घटकहरू एक हुनैपर्छ, एकताचाहिँ सोच्न पनि सकिन्न : किराती

नेपालभ्युज

शान्ति सम्झौताको मुद्दामा माओवादी घटकहरू एक हुनैपर्छ, एकताचाहिँ सोच्न पनि सकिन्न : किराती

काठमाडौं । पूर्वमाओवादी नेता गोपाल किरातीले शान्ति सम्झौताको मुद्दामा माओवादी घटकहरू एक हुनुपर्ने बताएका छन् । तर, पार्टी एकताबारे भने सोच्न पनि नसकिने भनाइ किरातीको छ । ‘यथास्थितिमा पार्टी एकताचाहिँ सोच्न पनि सकिन्न,’ किरातीले भनेका छन् ।

त्यसअघि उनले भनेका छन्, ‘अधिकतम् प्रगतिशील संविधान निर्माणको परिस्थिति भाँड्नेहरू र श्रमिकवर्ग, महिला, दलित, आदिवासी पहिचान मुद्दा त्यागेर भागेका भगौडाहरूसँग यथास्थितिमा पार्टी एकताबारे सोच्न पनि सकिन्न ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । संक्रमणकालीन विषयलाई लिएर प्रचण्डविरुद्ध दायर भएको उक्त मुद्दाका सन्दर्भमा माओवादी घटकहरू एकठाउँमा उभिएका छन् ।

नेता किरातीले पनि यसलाई स्वाभाविक मानेका छन् । तर, पार्टी एकताबारे भने सोच्न नसकिने बताएका हुन् । ‘पहिचानविरोधी शासक र पहिचान पक्षधर शक्तिबीच यथास्थितिमा एकता सम्भव हुँदैन,’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved