डोल्पोबुद्वको छोइला लेकमा हिउँमा हराएका डाँगीको शव पाँच महिनापछि भेटियो

डोल्पोबुद्वको छोइला लेकमा हिउँमा हराएका डाँगीको शव पाँच महिनापछि भेटियो

सुर्खेत। डोल्पाको उत्तरी क्षेत्रमा पर्ने डोल्पोबुद्व गाउँपालिका वडा नं ३ अन्तगर्त पर्ने छोईला लेकमा गएको असोजमा हराएका ठुलिभेरी नगरपालिका वडा नम्बर ६ मा बस्ने ४६ बर्षिया कर्ण बहादुर डाँगीको शव भेटिएको छ ।

अत्याधिक हिमपातका कारण घटना भएलगत्तै खोजतलास गर्न नसकिएकाले हिउँ पग्लेपछि पुगेको मृतकका आफन्त र प्रहरीको टोलीले वेपत्ता भएको पाँच महिनापछि शव फेला पारेको जिल्ला प्रहरी कार्यालय डोल्पा प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिए ।

मृतक डाँगी स्विजरल्याण्डबाट आएका पर्यटकहरुको सहयोगी भएर उपल्लो डोल्पा पुगेका थिए ।

डाँगीको शव हिँउमा पुरिएको अवस्थामा उत्खनन गरी प्रारम्भिक अनुसन्धान पुरा गरेर निजको भाई बिष्णु चन्द्र डाँगीलाई बुझाईएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved