अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ : उपेन्द्र यादव

नेपालभ्युज

अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ : उपेन्द्र यादव
फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् ।

शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले उक्त कुरा बताएका हुन् । यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने अध्यक्ष यादवले बताए ।

शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved