युक्रेनको बाख्मुट सहर घेरिएको दाबी

नेपालभ्युज

युक्रेनको बाख्मुट सहर घेरिएको दाबी

मस्को। रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकुहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गरेका छन् । यस सहरलाई रुसले महिनौंदेखि कब्जा गर्न खोजिरहेको थियो ।

“वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ”, रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सहर छोड्नसमेत आह्वान गरेको समाचारमा जनाइएको छ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved