लुम्बिनीमा २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

नेपालभ्युज

लुम्बिनीमा २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

दाङ। लुम्बिनी प्रदेशमा आज प्रदेशसभाको बैठक बस्दैछ ।  प्रदेश सभाको आज दिउँसो १ बजे बस्न लागेको छैठौं बैठकमार्फत साना दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।

एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।

लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् ।

यसैगरी, आठ दलको बैठक आज बिहान ११ बजे दाङको देउखुरीमा बस्न लागेको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनीमा पनि एमाले नेतृत्व सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास स्वरूप आठ दलहरूबीच बैठक बस्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved