हिजो जेलमुक्त भएका अभिनेता पल शाह आज काठमाडौं आउँदै, फिल्मकर्मीले स्वागत गर्ने

समर्थकहरूले पल शाह हाइ हाइलगायतका चर्का नारा लगाएका थिए। उनी आज विमानस्थलबाट काठमाडौं फर्किएलगतै फिल्मकर्मीहरूले भव्य स्वागतको तयारी गरेका छन्। विमानस्थलमा समथर्कहरु समेत जाने तयारी गरेका छन्।

नेपालभ्युज

हिजो जेलमुक्त भएका अभिनेता पल शाह आज काठमाडौं आउँदै, फिल्मकर्मीले स्वागत गर्ने

काठमाडौं। बलात्कार आरोपमा सफाइ पाएर सोमबार रिहा भएका अभिनेता पल शाह मंगलबार काठमाडौं आउँदैछन्। जिल्ला कारागार तनहुँबाट रिहा भएसँगै उनी पोखरा भएका थिए।

हिजो पोखरा बसेका उनी अब काठमाडौं फर्कन लागेका हुन्। उनको घर दाड भए पनि काठमाडौं बानेश्वर बस्दै आएका छन्। एक वर्ष जेलमा बसेका उनी छुट्दा उनको पक्षमा समर्थकहरूले चर्को नारा लगाएका थिए।

समर्थकहरूले पल शाह हाइ हाइलगायतका चर्का नारा लगाएका थिए। उनी आज विमानस्थलबाट काठमाडौं फर्किएलगतै फिल्मकर्मीहरूले भव्य स्वागतको तयारी गरेका छन्। विमानस्थलमा समथर्कहरु समेत जाने तयारी गरेका छन्।

नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए। आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्‍याउन ढिला भएपछि सोमबार कार्यालय खुलेसँगै प्रक्रिया पुरा गरेर उनी छुटेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved