८ दलीय गठबन्धनको प्रभाव- प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

नेपालभ्युज

८ दलीय गठबन्धनको प्रभाव- प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेका छन् ।

आठ दलीय नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौडेललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।

परराष्ट्रमन्त्री पौडेल  मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा  जाने कार्यक्रम तय भएको थियो ।

परराष्ट्रमन्त्रीका प्रेस विज्ञ यशोदा अधिकारीका अनुसार  प्रधानमन्त्री दाहालले फोन गरेर उनलाई  भ्रमणमा नजानु भनेपछि रद्द भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved