बालुवाटारमा ८ दलको बैठक

नेपालभ्युज

बालुवाटारमा ८ दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचन सहित अन्य विकसित घट्नाक्रमबारे छलफल गर्न  बाेलाएको ८ दलको बैठक बालुवाटारमा जारी छ।

पुस १० को गठबन्धन छाडेर राष्ट्रपति निर्वाचनका लागि गठन भएको नयाँ गठबन्धन अर्थात् आठदलीय गठबन्धनको बैठक ६ बजेदेखि शुरु भएकाे र अहिले पनि जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।

आठ दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा  रहेका छन्।

गत शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved