बसको ठक्करबाट पत्रकार हितंगाको मृत्यु

नेपालभ्युज

बसको ठक्करबाट पत्रकार हितंगाको मृत्यु

बुटवल । सवारी दुर्घटनामा परेर रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।

शनिबार राति मोटरसाइकललाई बसले ठक्कर दिँदा त्यसमा सवार हितंगा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार उनलाई राति करिब सवा ११ बजे सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको बसले बसपार्क नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पाल्पा स्थायी घर भएका हितंगा एनएनटिभीमा कार्यरत थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved