कोशी प्रदेश सहित बागमती र गण्डकीका पहाडी भेगमा मेघगर्जन सहित वर्षाको सम्भावना

नेपालभ्युज

कोशी प्रदेश सहित बागमती र गण्डकीका पहाडी भेगमा मेघगर्जन सहित वर्षाको सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं । नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ ।

जसका कारण अहिले कोशी प्रदेस लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेस लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती, कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम २८ दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा ३६ दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved