आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री

नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र सङ्कटमुक्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लामो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा कायमै रहेको बताए ।

नेपालभ्युज

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिको विचार’ विषयक विचारगोष्ठीमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

विचारगोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, ऐतिहासिक छ, त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ, दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष छ । तेस्रो दलको प्रधानमन्त्री छ ।’ उनले संसद्का अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेको बताए ।

नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र सङ्कटमुक्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लामो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा कायमै रहेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘फागुन ७ गते संविधानले नचिनेका नारा लागे, त्यो गम्भीर कुरा छ, हिजो जसरी संसद् विघटन गरियो, संविधानमाथि आक्रमण गरियो, त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन, त्यसैले पनि लोकतान्त्रिक मूल्य, मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ ।’

राष्ट्रिय सहमतिकै लागि आफूले कोसिस गरे पनि सम्भव नभएको उनको भनाइ थियो । संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिसँगको सहकार्य सहज नहुने भन्दै उनले भने, ‘यही निष्कर्षका साथ फेरि हामी एकठाउँ उभिएका छौँ, हामी प्राकृतिक कोर्षमा फर्किएका छौँ, यो नै मुख्य कुरा हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved