नागरिकता पुनः प्राप्तिका लागि अक्षय कुमारले दिए आवेदन, त्यागे क्यानेडियन नागरिकता

भारतीय अभिनेता अक्षय कुमारले क्यानडाको नागरिकता त्यागेर भारतीय नागरिकताका लागि आवेदन दिएका छन्। नागरिकता पुनः प्राप्तिका लागि आवेदन दिएको बताएका छन्।

नेपालभ्युज

नागरिकता पुनः प्राप्तिका लागि अक्षय कुमारले दिए आवेदन, त्यागे क्यानेडियन नागरिकता

काठमाडौं। भारतीय अभिनेता अक्षय कुमारले क्यानडाको नागरिकता त्यागेर भारतीय नागरिकताका लागि आवेदन दिएका छन्। नागरिकता पुनः प्राप्तिका लागि आवेदन दिएको बताएका छन्।

क्यानेडियन नागरिकताका कारण सधैँ विरोधको निशानामा रहेका अक्षय आफ्नो नयाँ फिल्म  ‘सेल्फी’को प्रमोसनका क्रममा आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए। साथै, क्यानडेली नागरिकताबारे यथार्थ नबुझीकन मानिसले जेसुकै भन्दा आफूलाई चित्त दुख्ने पनि उनले बताए।

सन् १९९० को दशकमा अक्षयका १५ भन्दा बढी फिल्म फ्लप भएपछि उनी क्यानडा जान चाहन्थे । उनले भने, ‘‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ । म कामको लागि त्यहाँ गएको थिएँ । मेरो साथी क्यानडामा थियो र उसले यता आऊ भन्यो । मैले आवेदन दिए र छाडेँ ।’’
अक्षय शुक्रबारदेखि रिलिज भएको फिल्म सेल्फीमा देखिंदैछन्। यसमा उनको साथमा इमरान हासमी र नुसरत भरुचा पनि छन्। यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved