बन्यो नयाँ गठबन्धन : कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति, माधव नेपाललाई १ वर्ष प्रधानमन्त्री

नयाँ गठबन्धनमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सामेल  हुने निश्चित भैसकेको छ । त्यसवाहेक राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि यही गठबन्धनमा आउने नेताहरुको दाबी छ । 

नेपालभ्युज

बन्यो नयाँ गठबन्धन : कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति, माधव नेपाललाई १ वर्ष प्रधानमन्त्री

काठमाडौं । नेकपा (एमाले) को नेतृत्वमा बनेको वर्तमान सत्ता गठबन्धन भत्किएको छ । यसपछि कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन तयार भएको छ ।

राष्ट्रपति चुनावलाई लिएर एमाले र माओवादी केन्द्रबीच सुरू भएको विवादका कारण अन्तत गठबन्धन नै भङ्ग हुने अवस्था आएको हो । नयाँ गठबन्धनमा तत्कालका लागि शक्ति बाँडफाँटसमेत भएको छ ।

स्रोतकाअनुसार कांग्रेसलाई राष्ट्रपति दिन सबै दल सहमत भएका छन् । यसअघि राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि दाबी गरेका थिए । तर, नेपाललाई १ वर्ष प्रधानमन्त्री दिने भनेर मनाइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपति पाएको छ । यसअघि उपराष्ट्रपतिमा माओवादी केन्द्रको पनि दाबी थियो । तर माओवादीले दाबी छाडेपछि सहमति जुटेको हो ।

नयाँ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सामेल  हुने निश्चित भइसकेको छ । त्यसबाहेक राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि यही गठबन्धनमा आउने नेताहरूको दाबी छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग अहिलेसम्म छलफल नभएको एक नेताले बताए । राप्रपा एमालेसँग नै रहने निश्चित रहेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउने चर्चा पनि चलेको थियो । तर उक्त प्रयास भने अघि बढ्न सकेन । विशेषगरी एकीकृत समाजवादीले एमालेसँग नेकपा ब्युँताए मिल्न सकिने प्रस्ताव गरेको थियो । तर त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खासै चासो नदिएको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

पुस १० गते एमाले नेतृत्वको वर्तमान गठबन्धन बनेको थियो । कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्ड एमालेसँग मिल्न पुगेका थिए । तर २ महिना २ दिनमै गठबन्धन भत्किएको हो ।

नयाँ गठबन्धनबाट राष्ट्रपति पाएको कांग्रेसले उम्मेदवार भने शनिबार मात्रै टुङ्गो लगाउने बताएको छ । त्यसका लागि कांग्रेसले आन्तरिक बैठक बोलाएको छ । शनिबार नै राष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

नयाँ गठबन्धनमा हाललाई ठुला पदमा मात्रै भागवण्डा गरिएको छ । अब नेकपा एमाले सरकारबाट बाहिरिने लगभग निश्चित भएकाले त्यसपछि बाँकी पदबारे छलफल गर्ने सहमति भएको नयाँ गठबन्धनकारी दलका नेताहरुको भनाई छ ।

यो पनि पढ्नुहोस :

नयाँ गठबन्धन बनाएर जाने तीन दलको निर्णय, भोलि कांग्रेससहितको बैठक बसेर अन्तिम रुप दिइने

तीन दलको बैठकमा माधव नेपालको प्रस्ताव, ‘राष्ट्रपतिमा मेरो पनि सम्भावना खोज्नु पर्‍यो’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved