तीन दलको बैठकमा माधव नेपालको प्रस्ताव, ‘राष्ट्रपतिमा मेरो पनि सम्भावना खोज्नु पर्‍यो’

कांग्रेससहितको बैठक बसेर निष्कर्ष निकाल्ने सहमति

नेपालको दाबीपछि बैठक ठोस निष्कर्षमा पुग्न नसकेको सहभागी एक नेताले जानकारी दिए । यसअघि राष्ट्रपति काग्रेसलाई दिने र नयाँ गठबन्धन बनाएर जानेमा नेताहरुबीच लगभग सहमति जुटेको थियो ।

नेपालभ्युज

तीन दलको बैठकमा माधव नेपालको प्रस्ताव, ‘राष्ट्रपतिमा मेरो पनि सम्भावना खोज्नु पर्‍यो’

काठमाडौं । बिहीबार बेलुका बसेको तीन दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा आफ्नो पनि दाबी रहेको बताएका छन् ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको बैठकमा अध्यक्ष नेपालले राष्ट्रपतिमा आफ्नो पनि सम्भावना खोज्न आग्रह गरेका हुन् ।

नेपालको दाबीपछि बैठक ठोस निष्कर्षमा पुग्न नसकेको सहभागी एक नेताले जानकारी दिए । यसअघि राष्ट्रपति काग्रेसलाई दिने र नयाँ गठबन्धन बनाएर जानेमा नेताहरुबीच लगभग सहमति जुटेको थियो ।

तर ‌एमालेले राष्ट्रपतिमा प्रस्ताव गरेपछि अध्यक्ष नेपाल हौसिएका हुन् । नेपालको दाबी आएपछि यसबारे कांग्रेससँग पनि छलफल गर्नुपर्ने निष्कर्षसहित बैठक सकिएको छ ।

सहभागी एक नेताले भने, ‘माधव जीले राष्ट्रपतिमा आफ्नो पनि सम्भावना खोज्न आग्रह गर्नुभयो, उक्त पदमा कांग्रेसको मुख्य दाबेदारी रहेकाले भोलि सबै दल बसेर थप छलफल गर्ने सहमति भयो ।’

नेपालको दाबी आए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आश्वासन दिइसकेका छन् । यद्यपी भोलिको बैठकमा नेपालको दाबीबारे समेत छलफल हुने बताइएको छ ।

आजको बैठकमा प्रचण्डले कांग्रेस तयार भए नेपाललाई राष्ट्रपतिमा अघि सार्न आफ्नो पनि सहमति हुने बताएका थिए ।

उपराष्ट्रपति पदमा पनि माओवादी र जसपाको दाबी छ । त्यसबारे समेत भोलि नै छलफल गरेर टुङ्याउने सहमति भएको सहभागी नेताहरुले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved