नयाँ गठबन्धन बनाएर जाने तीन दलको निर्णय, भोलि कांग्रेससहितको बैठक बसेर अन्तिम रुप दिइने

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच मोर्चा बनाएर जाने सहमति भएको छ । 

नेपालभ्युज

नयाँ गठबन्धन बनाएर जाने तीन दलको निर्णय, भोलि कांग्रेससहितको बैठक बसेर अन्तिम रुप दिइने

काठमाडौं । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच मोर्चा बनाएर जाने सहमति भएको छ ।

तीन दलको बेलुका बसेको बैठकमा पहिले गठबन्धनमा सहभागी रहेका दलबीच मोर्चा बनाएर जाने सहमति भएको नेताहरुले बताएका छन् ।

बैठकपछि संचारकर्मीसँग एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार बनाएर अघि बढ्ने र पछिसम्मका लागि मोर्चा बनाउने सहमति भएको बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सकारात्मक रुपमा छलफल भएको भन्दै भोलि निष्कर्षमा पुग्ने बताए ।

शुक्रबार विहान ८ बजे कांग्रेससहितको बैठक बोलाइएको छ । सोही बैठकबाट नयाँ गठबन्धन बनाएर जाने यी दलको तयारी छ ।

आजको बैठकमा जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ । उक्त पदमा माओवादीको पनि दाबी छ । राष्ट्रपति भने कांग्रेसलाई दिने तयारी छ । यद्यपी एकीकृत समाजवादीको पनि दाबी छ ।

राष्ट्रपति कसलाई बनाउने भन्नेमा सहमति नजुटे पनि नयाँ गठबन्धन बनाउन भने यी दल सहमत भएका छन् ।

फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि शनिबार उम्मेदवारी दर्ताको समय तय गरिएको छ । भावि राष्ट्रपतिका विषयमा कुरा नमिलेपछि अहिलेको सत्ता गठबन्धन भंग हुने लगभग निश्चित भएको छ ।

थप जानकारी तलको लिंकमा :

तीन दलको बैठकमा माधव नेपालको प्रस्ताव, ‘राष्ट्रपतिमा मेरो पनि सम्भावना खोज्नु पर्‍यो’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved