छिमेकीले लुकेर गोप्य फोटो खिच्दै सार्वजनिक गरेपछि तनावमा आलिया

अनुमतिबिना खिचिएको फोटो सञ्चारमाध्यममा सार्वजनिक गरेको भन्दै उनले मुद्दा हाल्ने समेत चेतावनी दिएकी छिन्। आलियाले गत नोभेम्बरमा छोरी राहालाई जन्म दिएकी थिइन्। उनी घरमै आराम गरिरहेकी छिन्।

नेपालभ्युज

छिमेकीले लुकेर गोप्य फोटो खिच्दै सार्वजनिक गरेपछि तनावमा आलिया

मुम्बई । घरमै बसिरहेको अवस्थामा छिमेकीले लुकेर फोटो खिचेर सार्वजनिक गरेपछि बलिउड अभिनेत्री आलिया भट्ट रिसाएकी छन्। अनुमतिबिना खिचिएको फोटो सञ्चारमाध्यममा सार्वजनिक गरेको भन्दै उनले मुद्दा हाल्ने समेत चेतावनी दिएकी छिन्।

आलियाले गत नोभेम्बरमा छोरी राहालाई जन्म दिएकी थिइन्। उनी घरमै आराम गरिरहेकी छिन्।

भारतीय सञ्चारमाध्यम इटाइम्सले उनको फोटो पोस्ट गरेको थियो । त्यसलगत्तै रिसाएकी आलियाले इन्स्टाग्राम अकाउन्टमा स्टोरी पोस्ट गर्दै कडा प्रतिरोध गरेकी छिन्।

‘‘कुन संसारमा यस्तो हर्कत सही हुन्छ र अनुमति दिइन्छ? यो पूर्णरूपमा गोपनीयताको उल्लंघन हो । हरेक कुरा सीमा हुन्छ, जुन कसैले पार गर्न हुँदैन । तर त्यो सीमा पार भएको छ,’ आलियाले इन्स्टाग्रामको स्टोरीमा उल्लेख छ ।

स्टोरी पोस्ट गरेसँगै उनले सहयोगका लागि मुम्बई प्रहरीलाई समेत ट्याग गरेकी छिन्।

आलियाले विरोध जनाएपछि अन्य बलिउडकर्मीले पनि उनको समर्थन गरेका छन्। अभिनेत्री अनुष्का शर्मा, करण जोहर, अर्जुन कपुर, जाह्नवी कपुर, स्वारा भास्कर आलियाको पक्षमा देखिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved