केपी ओली कपको उद्घाटन कार्यक्रम सुरु (तस्वीरहरू)

नेपालभ्युज

केपी ओली कपको उद्घाटन कार्यक्रम सुरु (तस्वीरहरू)

काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम गायिका रचना रिमालको प्रस्तुतिसहित सम्पन्न भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको उद्घाटन कार्यक्रममा रचनाले २ साङ्गेतिक गीत प्रस्तुति दिएकी हुन्।

कार्यक्रममा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो। उद्घाटन खेलमा दिउँसो ३ बजे नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब आमने सामने हुनेछन्।

फागुन ११–१७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल बाहेकका सम्पूर्ण खेल एन्फा कम्प्लेक्समा सञ्चालन गरिनेछ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ७ क्लबको सहभागिता रहेको छ।

नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब सहभागी रहेका छन् । आयोजकको तर्फबाट भने केपी ओली फुटबल क्लबले प्रतिनिधित्व गर्नेछ ।

उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेल विजेता टोलीले २५ हजार, म्यान अफ द म्याचले १५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा उत्कृष्ट गोलरक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

 

(तस्वीर : सुनिल महर्जन)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved