प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतार

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतार

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  पहिलो विदेश भ्रमण कतार हुने भएको छ ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनी फागुन २० गते कतार जाने निश्चित  भएको छ । उनी विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन  त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

दुई दिने भ्रमण सकेर उनी फागुन २२ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।

कतारको दोहामा हुने सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved