हुथी विद्रोहीको हमलामा परी यमनमा ९ जनाको मृत्यु

नेपालभ्युज

हुथी विद्रोहीको हमलामा परी यमनमा ९ जनाको मृत्यु

एडेन । यमनको उत्तरी प्रान्त अल-जावफमा रहेको सरकारी सेनाका टुकडीहरूमा हुथी विद्रोहीहरूले रातभरी गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको छ ।

सरकारी सेना र हुथी लडाकुहरूबीच अबतार क्षेत्र र साउदी अरेबियाको सिमाना जोडिएको अन्य थुप्रै क्षेत्रहरूमा आइतबार रातभर सशस्त्र भिडन्त भएको थियो जसमा कम्तीमा चार सैनिक र पाँच विद्रोहीको मृत्यु भएको स्थानीय सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् ।

‘सरकारी सेनाले विद्रोहीको आक्रमणलाई रोक्न सफल भयो,’ उनले भने । हुथीहरूले विगत केही समयदेखि साउदी अरेबियाको सीमावर्ती क्षेत्रमा तैनाथ यमनी सरकारी सेनामाथि आक्रमणलाई तीव्र पारेका छन् । गत वर्ष अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गरिएको युद्धविरामको म्याद सकिएपछि यमनले स्थानीय युद्धरत गुटहरूबीच छिटफुट सशस्त्र भिडन्त ब्यहोरिरहेको छ

यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ । हुथी मिलिसियाले थुप्रै उत्तरी सहरहरूमा आक्रमणलाई तीव्र पार्दै यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेका थिए । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved