कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा

नेपालभ्युज

कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका कांग्रेसका शीर्ष नेताको टोली प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलको लागि बालुवाटार पुगेका हुन् ।

प्रचण्ड नजिकिँदो राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडानमा छन् । नेपाली कांग्रेस पछिल्लो सत्ता गठबन्धन भत्काउन राष्ट्रपति निर्वाचनलाई उपयोग गर्ने रणनीतिमा छ ।

भावी राष्ट्रपतिमा सहमति जुटाउन नेताहरू बालुवाटार पुगेको कांग्रेस स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved