इनरुवामा चलचित्र महोत्सव सुरु, दुई दर्जन चलचित्र प्रदर्शन गरिने

नेपालभ्युज

इनरुवामा चलचित्र महोत्सव सुरु, दुई दर्जन चलचित्र प्रदर्शन गरिने

काठमाडौं। सुनसरीको इनरुवामा पहिलो इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सव सुरु भएको छ । प्रदेश-१ का संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले इनरुवा उत्सव तथा प्रदेश-१ स्तरीय चलचित्र महोत्सवको उद्घाटन गरेका हुन् ।

फागुन १७ गतेसम्म चल्ने महोत्सव इनरुवा नगरपालिकाको संयोजनमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा इनरुवामा योगदान पुर्‍याउने विभिन्न विधातर्फ उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

चलचित्र प्रदेशमा नै नभइरहेको अवस्थामा इनरुवामा जमर्को गरी प्रदेशस्तरीय चलचित्र महोत्सव गर्ने क्रममा विविध विधा र कार्यक्रमसँगै आयोजनामा ल्याइएको बताइएको छ।

आयोजकका अनुसार महोत्सवमा प्रदेश १ मा निर्माण गरिएका दुई दर्जन छोटा तथा लामा चलचित्र प्रदर्शन गरिनेछ। उत्सव तथा महोत्सवका अन्य कार्यक्रमहरूमा जातीय पहिरन प्रदर्शन, बेहुली सुन्दरी प्रतियोगिता, बेबी फेन्सी लगायतका प्रतियोगितासहित राष्ट्रिय कलाकारको उपस्थितिमा सांगीतिक प्रस्तुतिसमेत हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved