कर्णालीमा छिट्टै आमसञ्चार प्रतिष्ठान गठन : मन्त्री जिसी

नेपालभ्युज

कर्णालीमा छिट्टै आमसञ्चार प्रतिष्ठान गठन : मन्त्री जिसी

सुर्खेत। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा सञ्चारको विकासका लागि प्रदेश सरकारले छिट्टै आमसञ्चार प्रतिष्ठान गठन गर्ने बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) को ६२औं वार्षिकोत्सवको अवसरमा आइतबार वीरेन्द्रनगरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’ विषयक अन्तर्क्रिया कार्यक्रम बोल्दै मन्त्री जिसीले सञ्चारको विकास लागि आमसञ्चार प्रतिष्ठान बनाउने बताएका हुन् ।

प्रतिष्ठान गठनको कानुनी बाटो खोल्नका लागि सरकारले संसद् खुलेपछि सञ्चार प्रतिष्ठान विधेयक संसदमै लैजाने मन्त्री जिसीले बताए ।

‘जिम्मेवार र व्यावसायिक पत्रकारिताको विकासका लागि सञ्चारकर्मी र सञ्चार माध्यमले बदलाभाव लिने खोज्ने प्रकृतिको अन्त्य हुनुपर्छ ।’ उनले भने,‘हिजोआज सञ्चार माध्यममा पस्कनु केही विषयवस्तुलाई हेडलाइन मात्रै बिक्ने बनाउने प्रकृति रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved