सांसद अरुण चौधरी रिहा

नेपालभ्युज

सांसद अरुण चौधरी रिहा

काठमाडौं। १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भई जेलजीवन बिताइरहेका प्रतिनिधिसभाका सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् ।  सांसद चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी हुन् ।

१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।

चौधरी वि.स. २०६६ भदौ ३ गते लु.२ त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका थिए ।

कारागारबाट रिहा भएपछि सांसद चौधरीलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले स्वागत गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका चौधरी कैलाली -२ बाट निर्वाचित सांसद हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved