सांसद चौधरीको कैद मिनाहा गर्ने तयारी

फाइल राष्ट्रपति कार्यालयमा

नेपालभ्युज

सांसद चौधरीको कैद मिनाहा गर्ने तयारी

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्न सरकार सकारात्मक देखिएको छ । यसबारे छिटो निर्णय हुनेगरी प्रक्रियासमेत अघि बढेको बुझिएको छ ।

सांसद चौधरीको कैद मिनाहाको लागि महान्यायाधिवक्ताको रायसुझावका आधारमा गृह मन्त्रालयले फाइल मन्त्रिपरिषद् हुँदै राष्ट्रपति कार्यालयमा पठाइसकेको स्रोतको भनाइ छ । सम्भवत: फागुन ७ गते प्रजातन्त्र दिवशको दिनमा उनको रिहाइ हुनसक्ने छ । नेपालको संविधानअनुसार कैद तथा माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार चौधरीको हकमा सरकारले प्रक्रिया अघि बढाएको बुझिएको छ । राष्ट्रपति कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएको भन्दै केही कैदीहरूको कैद माफी दिने तयारी छ । यो हरेक वर्ष हुने प्रक्रिया हो।

सांसद चौधरीमाथि एमालेका नेता महादेव बजगाईंको ट्याक्टर आगजनीको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । अदालतको आदेशअनुसार चौधरी पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved