मेडिकल काउन्सिलको परिक्षामा ५४ प्रतिशत उत्तीर्ण

नेपालभ्युज

मेडिकल काउन्सिलको परिक्षामा ५४ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले संचालन गरेको  चिकित्सक नाम दर्ता  परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । उक्त परिक्षामा ५४.६२ प्रतिशत प्रतिशत उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा  सतिशकुमार देवले जानकारी दिए ।

परीक्षामा एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी भएका थिए । जसमध्ये ७५१ जना परीक्षार्थी उत्तीर्ण भए  । १ हजार ३७१ जनाले फर्म भरेको  परीक्षामा  एमबीबीएसतर्फ   १५ जना अनुपस्थित भएको र दुई जनाको स्थगित गरिएको उनले जानकारी दिए  ।

यस्तै बीडीएसतर्फको परीक्षामा २९९ जना सहभागी भएका थिए । ती मध्ये १५३ जना  उत्तीर्ण भए  ।  बीडीएसमा दुई जना अनुपस्थित रहेका थिए ।  उक्त परीक्षा गत सोमबारबाट  बुधबारसम्म चलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved