एसइईको रिजल्ट असार दोस्रो साता भित्रै सार्वजनिक हुने

नेपालभ्युज

एसइईको रिजल्ट असार दोस्रो साता भित्रै सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन असार दोस्रो साता नकटाउने गरी काम भइरहेको बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र प्राप्तांक संकलन गर्ने काम सकिएको बताए ।

अहिलेसम्म कार्ययोजनाअनुसार नै काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्न सकिने बोर्डले जनाएको छ । पौडेलले कार्ययोजना अनुरुप अन्य काम पनि तीव्र गतिमा भइरहेका बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved