काठमाडौं । अस्ट्रेलिया सरकारले विदशी विद्यार्थीहरुका लागि थप कडा नियमको घोषणा गरेको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले जुलाईदेखि टुरिस्ट भिसामा रहेका तथा टेम्पोररी ग्राजुएट भिसा (टीआर) मा रहेका कुनै व्यक्तिले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् ।
मन्त्री ओनिलका अनुसार भिसा क्याटागोरी (सबक्लास ६०० र ४८५) मा रहेकाले अस्ट्रेलियाबाट (अनसोर) विद्यार्थी भिसाको आवेदन दिन नपाउने थप नियम घोषणा गरिएको हो । उनीहरुले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन दिन भने पाउनेछन् ।
अस्ट्रेलियन सरकारले यसअघि नेपाल लगायतका देशहरुबाट टुरिस्ट भिसामा अस्ट्रेलिया जाने र उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर त्यतै बस्ने समस्या बढेपछि थप कडाई गरेको हो ।
अस्ट्रेलियाले कोभिडपछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाई गर्दै आएको छ । यसअघि पनि अस्ट्रेलियाले विदेशी विद्यार्थी संख्या कम गर्नका लागि धेरै नियम परिवर्तन गरेको थियो ।
ग्राजुएट भिसाको अवधि सकेपछि पुन: विद्यार्थी भिसामा आवेदन दिएर अस्ट्रेलिया नै बस्नेको संख्या समेत व्यापक बन्दै गएपछि थप कडाईका नियमहरु बनाइएको बताइएको छ ।
Facebook Comment
Comment