सबैले चाहेको समाजवाद भनेको खुसी हो :  मुख्यमन्त्री शर्मा

सबैले चाहेको समाजवाद भनेको खुसी हो :  मुख्यमन्त्री शर्मा

सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सबैले चाहेको सबैले चाहेको समाजवाद भनेको खुसी र सुख भएको बताएका छन् । शुक्रबार सुर्खेतको बलबुलेमा आयोजित कर्णाली उत्सवमा उद्घाटन गर्दै सबैले चाहेको समाजवाद भनेको सुख र खुसी रहेको बताएका हुन्।

समृद्ध कर्णाली निमार्णको लागि शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधार आवाश्यक रहेको मुख्यमन्त्री शाहीले बताए । ‘समाजवाद कुन चरीको नाम हो ?’ उनले भने,‘त्यो समाजवादको चरीलाई समातेर अघि बढ्नुपर्ने अहिलेको आवाश्यक रहेको छ ।’

समाजवादको व्याख्या गर्नेहरूको कमी नरहेको मुख्यमन्त्री शर्माले बताए । ‘अहिलेको अवस्थामा कस्तो खालको समाजवाद आवश्यक हो ? समस्याको समाधान कसरी गर्ने भन्ने कुरा मुख्य रहेको छ ।’ उनले भने, ‘कर्णालीका समस्या साधानको बहस निरन्तर गर्न जरुरी छ ।’

नीति निर्माण र कार्यान्वयनमा अपनत्वलाई अगाडि बढाउन जरुरी रहेको मुख्यमन्त्री शर्माको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved