नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २३ घाइते

नेपालभ्युज

नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु,  २३ घाइते

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१२ चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । २ दर्जन यात्रु घाइते भएका छन् ।

बट्टार स्थित हावाघरबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहिबार अपराह्न ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिव ५० मिटर तल खसेको छ । विदुर- ३ का ७३ वर्षीय बाबुराम दर्जी र तारकेश्वर -६ का ६ वर्षीय रामप्रसाद अर्यालको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता  खगेन्द्रबहादुर खड्काका अनुसार  त्रिशुली अस्पतालमा मृत्यु भएकी १ जना महिलाको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्। उनीहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ। बसका चालक र सहयोगी सम्पर्कमा नरहेको प्रवक्ता खड्काले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved