कांग्रेस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिँदै

उपचार खर्च सरकारले व्यहोर्ने

नेपालभ्युज

कांग्रेस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिँदै

काठमाडौं। आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न अस्पताल लैजाने तयारी भएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भण्डारीलाई उपचारका लागि श्री एयरलाइन्सको जहाजबाट मुम्बई लाने तयारी भएको जानकारी दिए । केही बेरमा भण्डारीलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिने कांग्रेसले जनाएको छ ।

६ जना चिकित्सकसहित ११ जनाको टोलीले भन्डारीलाई मुम्बई लैजाने तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पनि भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिए ।

घाइते भण्डारीलाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका गिरीले सरकारले सबै उपचार खर्च व्यहोर्ने गरी मुम्बई लाने तयारी भएको समेत जानकारी दिए।

सांसद भण्डारीको शरीरको करिब ३० प्रतिशत भाग जलेकाले फोक्सो र श्वासनलीमा पनि असर देखिएको जनाउँदै थप उपचारका लागि मुम्बई लैजाने सुझाब थियो ।

भण्डारी काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति करिब साढे नौ बजे पुगेका थिए। घर पुगेको केही समयमा नै विस्फोट भएको थियो। आमा भान्सामा गएको बेला विस्फोट भएको र बचाउन जाँदा भण्डारी पनि घाइते भएको बुझिएको छ। सांसद भण्डारीको अनुहार, दुवै हात र गोडामा आगोले पोलेको अस्पतालले जनाएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved