स्पट फिक्सिङ प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

नेपालभ्युज

स्पट फिक्सिङ प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान ब्युरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयलाई नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सीआईबीको प्रतिवेदनमा १० व्यक्ति प्रतिवादीको रूपमा देखिका छन् । सम्पूर्ण प्रतिवादीलाई खेलकुद ऐनअनुरूप तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस पनि गरिएको छ।

गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदानमा नेपाली टी–२० लिग आयोजना गरिएको थियो ।

प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा सीआईबीले नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर मेहबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।

लिगमा नेपाल क्रिकेट संघ क्यानको व्यापारिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया पनि स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्न भएको अनुसन्धानले देखाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved