राष्ट्रिय भलिबलको मुख्य प्रशिक्षकमा जान जोसे डी ब्रान्ट

नेपालभ्युज

राष्ट्रिय भलिबलको मुख्य प्रशिक्षकमा जान जोसे डी ब्रान्ट

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् ।

बेल्जियमका प्रशिक्षक जान डीलाई राष्ट्रिय भलिबल टोलीमा मुख्य प्रशिक्षक नियुक्त गरेको नेपाल भलिबल संघले जनाएको हो।

जान डीसँग ६ महिनाको लागि  पुरुष र महिला टोलीसँग सहकार्य गर्नको लागि सम्झौता भएको छ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) को सहयोगमा जान डी मार्चदेखि अगस्टका लागिसम्म मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

जान डीले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved