मेहनत गरे अवश्य एक दिन सफल भइन्छ– चाणक्य

नेपालभ्युज

मेहनत गरे अवश्य एक दिन सफल भइन्छ– चाणक्य

एजेन्सी। एउटा प्रचलित भनाइ छ, ‘मेहनत गर्नेहरूको हार कहिल्यै हुँदैन’ । चाणक्यले पनि मेहनत गर्नेहरूलाई नै सर्वोच्च मान्दथे । उनका अनुसार यदि मेहनत गरेर पनि व्यक्ति असफल हुन्छ भने पनि त्यो व्यक्ति अन्यभन्दा राम्रो हुन्छ, उसले कुनै गलत वा छोटो तरिकाबिना सफल भएको हुन्छ ।

मेहनत गर्नाले हामीले अनुभव मात्र नभई जीवनमा केही पाठ सिकाउँछ साथै आफूमा सन्तुष्टि पनि दिन्छ । एकपटक गरेको महेनत कुनै न कुनै ठाउँमा एकपटक काम लाग्दछ । त्यसैले, आचार्य चाणक्यका अनुसार जीवनमा सफलतापूर्वक आफ्नो लक्ष्य प्राप्त गर्नका लागि मेहनत अनिवार्य गर्नुपर्दछ ।

साथै, चाणक्यले यदि मेहनत गर्दा व्यक्ति असफल हुन्छ भने पनि पटक-पटक प्रयास गर्नुपर्दछ भनेका छन् । मानिसहरू एकपटक असफल हुनेबित्तिकै निरास हुने गर्दछन् र मेहनत गर्न छोड्छन् ।

उनको भनाइमा साँचो सफलता निरन्तर प्रयास गर्नाले नै प्राप्त हुन्छ । एउटा कमिलाले पटक-पटक भित्ताबाट लड्दा पनि अगाडि बढ्ने कोशिसलाई छोड्दैन, त्यसरी नै मानिसले पनि आफ्नो लक्ष्यलाई प्राप्त गर्नका लागि निरन्तर प्रयास गर्नुपर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved