पार्टीमा व्यापक रूपान्तरण हुन्छ– प्रचण्ड

नेपालभ्युज

पार्टीमा व्यापक रूपान्तरण हुन्छ– प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई महिनामा पार्टीमा व्यापक रूपान्तरण हुने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती प्रदेशभित्रका केन्द्रीय सदस्यको प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

पार्टीका सबै तहका नेता जनतामा जानुपर्ने भन्ने निर्णय भइसकेको भन्दै अध्यक्ष प्रचण्डले दुई महिना पार्टीका कार्यक्रम लिएर जनतामा जान आग्रह गरे ।‘अब नेता भएर काठमाडौं बस्ने होइन, कार्यकर्ता र जनतासँगै हुनुपर्दछ’ उनले भने–‘त्यसपछि मात्रै हाम्रो अवस्था र जनताको आकांक्षा थाहा हुन्छ।’

अध्यक्ष प्रचण्डले पार्टी नयाँ र रूपान्तरित हुँदै जाँदा नेता कार्यकर्ता रूपान्तरण नभई हुँदैन भन्दै पार्टी कार्यकर्ता र सर्मथकलाई नयाँ शिराबाट लैजानुपर्ने आवश्यकता पनि औंल्याए ।

उनले सरकारले पनि राम्रो काम गरिरहेको र जनतामा त्यसको प्रचार हुनुपर्ने भन्दै सरकारको कामको आधारमा पनि पार्टी पुनः निर्माणको कामलाई सघाउने बताउँदै सरकारलाई समर्थन गर्ने र विश्वासको मत दिने पार्टीहरूको भावनामा ठेस नपुग्नेगरी कदम चाल्नुपर्ने बताउँदै उनले राष्ट्रिय एकता र सहमतिको कुरामै जोड हुनुपर्ने बताए ।

पछिल्लो समय पार्टीहरूको विश्वास आफ्नो सरकारलाई बढ्दै गएको भन्दै अध्यक्ष प्रचण्डले केही परिस्थिति फेरिए पनि सरकार अगाडि बढिरहने बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved