६१ अंकले घट्यो नेप्से, कारोबार ३ अर्बमाथि

नेपालभ्युज

काठमाडौं। आइतबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबार भएको आज बजार परिसूचक नेप्सेमा ६०.८८ अंकको गिरावट हुँदा २१२१.७५ अंकमा बन्द भएको हो ।

सरकारले २७ माघ शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर लगानीकर्ताले अपेक्षा गरेजस्तो नआएको बताएका थिए । जसको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ ।

आइतबार बजारका सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । वित्त कम्पनी उपसूचकमा ४.७० प्रतिशतको गिरावट हुँदा उत्पादनमूलक र हाइड्रोपावर उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले घटेको छ ।

घटेको बजारमा कारोबार रकम भने गत बिहीबारको भन्दा बढेको छ । आइतबार नेप्सेमा ३ अर्ब ४ करोड ७७ लाखको सेयर कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved