क्यानले घोषणा गरेको १४ सदस्यीय टोलीमा सन्दीप पनि

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टूको लागि सन्दीप लामिछाने सम्मेलित अन्तिम टोलीको घोषणा गरेको छ ।

नेपालभ्युज

क्यानले घोषणा गरेको १४ सदस्यीय टोलीमा सन्दीप पनि

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टूको लागि सन्दीप लामिछाने सम्मेलित अन्तिम टोलीको घोषणा गरेको छ।

क्यानले बिहीबार निलम्बन फुकुवा भएका पूर्व कप्तान सन्दीपलाई समेट्दै १४ सदस्सीय टोलीको घोषणा गरेको हो।

क्यानले सन्दीपलाई एक नाबालिकमाथि बलात्कारको आरोप लागेपश्चात निलम्बन गरेको थियो। क्यान बोर्ड बैठकले धरौटी बुझाएर थुनामुक्त भएका सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।

यस्तै, टोलीको कप्तानमा रोहित कुमार पौडेल रहेका छन्। सुर्य तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन्। सन्दीप जोरा, कुशल मल्ल र भिम सार्कीको भने राष्ट्रिय टोलीमा पुनरागमन भएको छ।

फागनु २ देखि ९ गते सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, नामिबिया र स्कटल्याण्डबीच सिरिज हुँदैछ।

नेपाली टोलीः

रोहित पौडेल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी,

वैकल्पिक खेलाडी

आरिफ शेख, प्रतिश जी.सी.,श्याम (मौसम) ढकाल र अर्जुन साउद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved