राष्ट्रपति भण्डारी भोजपुर जाने

गाउँपालिकामा सार्वजनिक बिदा

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन् । राष्ट्रपति भोजपुरको षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्दको जन्मथलो दिङ्ला गौंडेनी जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिले षडानन्दको प्रतिमामा माल्यार्पण गरेपछि साल्पासिलिछो गाउँपालिका–१ गौंडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदासले जानकारी दिएका छन् ।

यसैगरी, राष्ट्रपति भण्डारीले षडानन्दको जन्मस्थलमा नवनिर्मित बालागुरुको सालिक अनावरण गर्ने,कैलाश डाँडामा रहेको गुरुकुल तथा षडानन्द माध्यमिक विद्यालय र अरुण माविको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिको भ्रमण भएको भन्दै साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved