नेप्सेमा ४.५७ अंकको सामान्य वृद्धि

नेपालभ्युज

नेप्सेमा ४.५७ अंकको सामान्य वृद्धि

काठमाडौं। सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताको दोस्रो दोश्रो कारोबारको दिन आज  सेयर बजार ४.५७ अंकले बढेर २१००. ६५ बिन्दुमा पुगेर बन्द भएको हो ।

आज बजारमा ३९ लाख २२ हजार २१६ कित्ता सेयरको किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कमाउने कम्पनीमा आदर्श लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।

त्यसैगरी, लक्ष्मी विकास डेभेन्चर २०८८, बाराही हाइड्रो पावर र मिथिला लघुवित्त वित्तीय संस्था घाटामा गएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved