चलचित्र निर्माता संघले संचारमन्त्रीलाई बुझायो १९ बुँदे मागपत्र (पूर्णपाठसहित)

नेपालभ्युज

चलचित्र निर्माता संघले संचारमन्त्रीलाई बुझायो १९ बुँदे मागपत्र (पूर्णपाठसहित)

काठमाडौँ । चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष १९ बुँदे मागपत्र बुझाएको छ ।  संघका अध्यक्ष नबल खड्काको नेतृत्वको  टोलीले आइतबार मन्त्रालयमा फिल्म नीति, स्टुडियो, हलसँग फिल्म व्यवसायको सेयर बाँडफाँट, प्रोजेक्ट बीमालगायतका विषयमा मागपत्र बुझाएको हो ।

हालै सम्पन्न फिल्म निर्माताहरूको राष्ट्रिय भेलाले दिएका सुझावलाई समेटेर मागपत्र सरकारलाई बुझाइएको अध्यक्ष खड्काले जानकारी दिए । पत्र बुझ्दै मन्त्री शर्माले फिल्मकर्मीको मागप्रति आफू सकारात्मक रहेको बताईन् ।

टाेलीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार शिव श्रेठ, आकाश अधिकारी लगायतको  सहभागी थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved