दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले

नेपालभ्युज

दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहमा सम्पन्न भएको थियो । महाधिवेशनका दूरगामी प्रभाव, सो पार्टीका जीवन र राष्ट्रिय राजनीतिमा लामो समयसम्म अनुभूत भइरहने निचोेड महाधिवेशनको मूल व्यवस्थापन समितिले निकालेको छ ।

विभागका सचिव गगन विष्टले स्मारिका प्रकाशनको बाँकी कामलाई सम्पन्न गर्ने, मुखपत्र ‘नवयुग’ पत्रिकालाई नयाँ तालिकाबमोजिम प्रकाशनको तयारी गर्ने र प्रचार भेला गर्ने तयारी भएको बताए । उनले पत्रिकालाई सैद्धान्तिक पत्रिकाका रूपमा चौमासिकरूपमा प्रकाशन गरिने जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved