उन्मुक्तिकी अध्यक्ष रञ्जिता भन्छिन्, थारूलाई अपराधी मात्र देख्ने सरकारलाई हाम्रो समर्थन नचाहिने रहेछ

नेपालभ्युज

उन्मुक्तिकी अध्यक्ष रञ्जिता भन्छिन्, थारूलाई अपराधी मात्र देख्ने सरकारलाई हाम्रो समर्थन नचाहिने रहेछ

धनगढी। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना सांसद अरुणकुमार चौधरी समातिएको घटनामा प्रतिक्रिया दिएकी छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई नियन्त्रणमा लिएकोमा विरोध गरेकी छन् । ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ’ उनले फेसबुकमा लेखेकी छन् ।

सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो । तर, उनी कैद भुक्तान नगरेर फरार थिए । उनलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो ।

जिल्ला अदालत कैलालीले प्रतिनिधिसभा सदस्य रहेका अरुण चौधरीसहित पशुराम चौधरी र वीरबहादुर चौधरीलाई २०७० वैशाख ९ गते जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved