सबै सरकारी वेबसाइटहरू डाउन

नेपालभ्युज

सबै सरकारी वेबसाइटहरू डाउन

काठमाडौं। नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । सरकारी सर्भरमा आएका समस्याका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार बिहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन भएको हो । सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट शनिबारको अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार सर्भरमा ह्याकहरूको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved