सर्वोच्चको फैसलापछि सागरको प्रतिक्रिया- गुलेली झन् तन्किएको छ

नेपालभ्युज

सर्वोच्चको फैसलापछि सागरको प्रतिक्रिया- गुलेली झन् तन्किएको छ

काठमाडौं । डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित उम्मेदवार सागर ढकालले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्चको फैसलाले रवि पुन: शक्तिशाली भएर उदाउने दाबी गरेका छन् ।

ढकालले शुक्रबार सामाजिक संजालमा एक सन्देश शेयर गर्दै  भनेका छन्, ‘गुलेली झन् तन्किएको छ , पुराना पार्टीहरुले जति गरे पनि यो शक्ति सजिलै चुढ्ने देखिदैन।’ उनले अगाडि थपेका छन, ‘हजारौं परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ।’

उनले आफूलाई पनि के मुद्दा लाग्ने होला भनेर सोचेको बताएका छन् । उनले एउटा पार्टी /व्यक्तिलाई  एक ठाउँबाट रोके अर्को ठाँउबाट अर्को अनुहार/पार्टी भएर फुट्ने बताए  ।

‘हामी सबै युवाहरु सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झ‌न् शसक्त र सजग भइ अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको‌ छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरुलाई झन् राम्रो पाठ भएको छ, उनले लेखेका छन, सधैँ विदेशिएर हुदैन, हजुरहरु पनि अब प्रक्रिया पुर्याएर नेपाल फर्कनुस — देश बनाउन आउनुस। संजोगबस आजै पुजाआजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखियो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved