रवि लामिछानेसँग वार्ता- अदालतको फैसला स्वीकार्छु, अनागरिकलाई थप प्रश्न नसोध्नुस्

गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष शुक्रबार साँझ राजीनामापत्र बुझाएका हुन् ।

नेपालभ्युज

रवि लामिछानेसँग वार्ता- अदालतको फैसला स्वीकार्छु, अनागरिकलाई थप प्रश्न नसोध्नुस्

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष शुक्रबार साँझ राजीनामापत्र बुझाएका हुन् ।

नागरिकता विवादका सम्बन्धमा परेको मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सांसद पद खारेज भएको फैसला सुनाएलगत्तै उनले ३२ दिनमै पदबाट राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालतले फैसला सुनाउँदा मन्त्रालयमै दैनिक कार्यसम्पादनका क्रममा रहेका उनले प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेर राजीनामा दिएका हुन् ।

बालुवाटार जानुअघि उनले आफू अनागरिक भएको बताए । गृह मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘म त सिर्फ एक अनागरिक हुँ, म थप बोल्दिनँ ।’

यसपछि अब के हुन्छ ? भन्ने सन्दर्भमा नेपालभ्यूजले उनीसँग कुराकानी गरेको छ, यो हेरौँ ।

सर्वोच्च अदालतले तपाईंको सांसद पद खारेज गर्‍यो, अब के गर्नुहुन्छ ?

म केही गर्दिनँ, के गर्छु त्यो पनि थाहा छैन । एउटा अनागरिकलाई प्रश्न नसोध्नूस् तपाईं । तपाईं एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ ।

यसअघिको गृहमन्त्री हो तपाईं, प्रश्नबाट किन भाग्नुहुन्छ ?

यत्तिबेला म अनागरिक भइसकेँ, अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ? जवाफ दिनका लागि पनि केही त हुनुपर्‍यो होला नि, केही त गरिरहेको हुनुपर्‍यो होला नि । म त यत्तिबेला सिर्फ अनागरिक हुँ । 

यो घडीबाट कसरी अगाडि बढ्नुहुन्छ ? 

त्यो पनि थाहा छैन । एउटा अनागरिकले के गर्नसक्छ, त्यो पनि थाहा छैन मलाई । मैले बुझेकै छैन, एउटा अनागरिकले के गर्नसक्ने हैसियत राख्छ । त्यो नागरिकहरूले भन्नुपर्‍यो मलाई । मलाई आफैँलाई त केही थाहा छैन ।

सर्वोच्च अदालतको फैसलालाई कुनरूपमा लिनुभएको छ, यसलाई स्वीकार्नुभएको छ ?

नस्वीकार्ने कुरै कहाँ रह्यो त ? म त स्वागत गर्दछु, स्वीकार गर्दछु । सर्वोच्च अदालतभन्दा माथिल्लो निकाय छैन न्याय सम्पादनमा क्षेत्रमा नेपालमा, त्यसैले म सर्वोच्च अदालतको फैसलालाई सहजरूपमा स्वीकार्दछु ।

तपाईंको दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा छ, यो हैसियतमा केही भन्नू छ तपाईंको ?

म अध्यक्ष होइन, रहिनँ । के हुन्छ, थाहा छैन । अहिले केही भन्दिनँ ।

नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा अघि बढ्नुहुन्छ कि बढ्नुहुन्न ? के हुन्छ अब ?

यसबारेमा पनि केही भन्दिनँ अहिले । अहिले त मसँग प्रश्नहरूको सामना गर्ने अधिकार पनि छैन, कुनै दिन कुरा गरौँला यस सम्बन्धमा । अहिले जवाफ मसँग छैन ।

उपनिर्वाचन लड्नुहुन्छ अब ?

मलाई थाहा छैन, परिस्थिति के हुन्छ हेर्दै जाउँला । अहिले धेरै प्रश्न नसोध्नूस्, मलाई केही थाहा छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved