विवादमा आएपछि तोसिमाले भनिन्- भिडिओ कसले खिच्यो थाहा छैन, आइसियुमा भिडिओ खिच्न पाइँदैन

आत्मदाह गरी गम्भीर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यलाई भेटन जाँदा भिडिओ खिचेको विषयमा आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा तोसीमा कार्कीले आफूलाई जानकारी नभएको बताएकी छिन्।

नेपालभ्युज

विवादमा आएपछि तोसिमाले भनिन्- भिडिओ कसले खिच्यो थाहा छैन, आइसियुमा भिडिओ खिच्न पाइँदैन

काठमाडौं। आत्मदाह गरी गम्भीर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यलाई भेटन जाँदा भिडिओ खिचेको विषयमा आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा तोसीमा कार्कीले आफूलाई जानकारी नभएको बताएकी छिन्।

मन्त्रालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले संवेदनशील क्षेत्रमा भिडिओ कसले खिच्यो भन्ने थाहा नभएको र भिडिओ खिच्नु नियम विपरीत भएको बताइन्।

आचार्यको बुधबार ज्यान गएको थियो। नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको थियो।

उनी अस्पतालको आइसियुमा रहँदा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की त्यहाँ पुगेर बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि पत्रकारले प्रश्न गरेका थिए।

जवाफमा भावुक हुँदै राज्यमन्त्री डा कार्कीले भनिन् ‘‘अस्पतालको आइसियु निकै संवेदनशील क्षेत्र हो। त्यहाँ फोटो भिडिओ खिच्न पाइँदैन। यदि खिच्नै परेमा बिरामीको अवस्था हेरी अनुमति लिएर तथा प्रोटोकल पूरा गरी अनुमति लिएर फोटो खिच्नुपर्छ। मेरो स्वकीय सचिव र मेरो सुरक्षाकर्मी पनि जानुभएको थियो। उहाँहरूले त होइन। कसले भिडिओ खिच्यो मलाई थाहा छैन, जसले खिचे पनि नियम विपरीत हो। पत्रकार माथीहरु तपाईँहरू आइसियु जानुभयो भने पनि फोटो, भिडिओ नखिच्नुहोला। ’’

आइसियुमा छिर्न त पाइन्छ, तर त्यहाँ पुगेर गम्भीर अवस्थाको बिरामीसँग अनावश्यक कुराकानी गर्नु र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्नु अक्षम्य अपराध भएको भन्दै आलोचना भएपछि उनले यस्तो जवाफ दिएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved