स्ववियु निर्वाचनको तयारीमा जुट्यो नेविसंघ, ३३ सदस्यीय समिति गठन 

नेपालभ्युज

स्ववियु निर्वाचनको तयारीमा जुट्यो नेविसंघ, ३३ सदस्यीय समिति गठन 

काठमाडौं। नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्ववियु निर्वाचनको तयारीमा जुटेको छ। आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीका लागि घोषणापत्र समिति गठन गरेर नेविसंघले स्ववियुको निर्वाचनको तयारी थालेको हो।

स्ववियु निर्वाचनको सहभागितालाई प्रभावकारी बनाउन नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा स्ववियू निर्वाचन २०७९ घोषणापत्र तयारी समिति मनोनीत गरेको नेविसंघका केन्द्रीय कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले बताए ।

गन्धर्वको नेतृत्वमा गठित समितिमा ३३ जना सदस्य रहेको उनले बताए । उनले घोषणापत्र समितिको सचिवमा विकल राईलाई मनोनीत गरेको समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved