नेपाल लिगमा त्रुटि भएको क्यानको प्रष्टीकरण, अध्यक्ष भन्छन्, ‘हाम्रो नियत गलत थिएन’

नेपालभ्युज

नेपाल लिगमा त्रुटि भएको क्यानको प्रष्टीकरण, अध्यक्ष भन्छन्, ‘हाम्रो नियत गलत थिएन’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगका क्रममा विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गरेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सम्झौता गर्दा त्रुटि भएपनि यसमा आफूहरूको नियत गलत नभएको दाबी गरे ।

नेपाल प्रहरीको अनुसन्धानले त्रिवि क्रिकेट मैदानमा भएको टी–२० लिगमा स्पट फिक्सिङ भएको देखाएको छ ।  नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब  आलम यसअघि पक्राउ परेका छन्, भने उनीहरूसहित १० जनाविरुद्ध मुद्दा चलाउने प्रहरीको तयारी छ ।

अध्यक्ष चन्दले त्रुटि जानाजानी नभएको बताए । क्यानले २०२० जनवरीमा एमओयू र त्यसको एक वर्षपछि पहिलो सम्झौता गरेको थियो । राष्ट्रिय खेलकदु परिषद् (राखेप)को अनुमति लिएर मात्र सम्झौता गर्नुपर्नेमा त्यसको पालना नभएको अध्यक्ष चन्दले स्वीकार गरे । उनले भने, ‘तर राखेपले अनुमति नदिएसम्म हामीले कुनै पनि काम गरेनौँ ।’

उनले राष्ट्रिय खेलकुद परिषद् र सीआईबीले अनुसन्धान गरिरहेकाले बेटिङको विषय धेरै नतन्काउन आग्रह गरे । सम्झौताअनुसार काम अघि बढाउन रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसक्नु कमजोरी भएको उनको तर्क थियो ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले सेभेन थ्री स्पोर्ट्सलाई पुरस्कार राशिको लागि ताकेता गरिरहेको बताए । सेभेन थ्री स्पोर्ट्सले पैसा नदिए कानुनी उपचारमा जाने पनि उनले जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved