कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित

नेपालभ्युज

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।

आम चुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेन्डा थिए । पुस २२ गतेका लागि बोलाएको बैठक सर्दै आएको थियो ।  राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना नरहेको नेताहरू बताउँछन्।

गठबन्धन भत्किएपछि रक्षात्मक अवस्थामा रहेका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति फेस गर्न डराएको आरोप लाग्दै आएको छ । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका विषयमा पनि कांग्रेसभित्र मतभेद छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved