गृहमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा ‘हेर्दाहर्दै’मा

नेपालभ्युज

गृहमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा ‘हेर्दाहर्दै’मा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरू भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

अब मुद्दामाथि शुक्रबार पुन: सुनुवाइ हुने छ ।

आज गृहमन्त्री लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनील पोखरेल र सुशील पन्तले बहस गरेका थिए भने सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरेका थिए ।

त्यसअघि रिट निवेदकका वकिलहरूले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरे ।

रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका थिए ।

बहसका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीहरूलाई अहिलेसम्म नबुझाएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने यो सारवहन व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved