गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्धामा आजदेखि अन्तिम सुनुवाइ हुँदै

नेपालभ्युज

गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्धामा आजदेखि अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज बुधबारदेखि अन्तिम सुनुवाइ हुँदैछ।

अमेरिकी नागरिकता र राहदानी त्याग नगरी नेपाली नागरिकता र राहदानी लिएको भन्दै लामिछानेविरुद्ध मुद्दा परेको छ । यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुन लागेको हो ।

यसअघि रवि लामिछानेलाई सांसद र मन्त्रीको रुपमा शपथ रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेको थिएन । अन्तरिम आदेश जारी नभएपछि रविले सांसद हुँदै उपप्रधान तथा गृहमन्त्रीको समेत शपथ लिइसकेका छन् ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved